CG Electronics
NIMB

महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी सार्वजनिक, दुई भेरियन्टमा प्रतिस्पर्धी मूल्य

Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । महिन्द्राले आफ्नो लोकप्रिय सव–कम्प्याक्ट एसयूभी ३एक्सओको इलेक्ट्रिक भर्सन लन्च गरेको छ । दुई भेरियन्टमा उपलब्ध सो नयाँ ईभीको मूल्य १३ लाख ८९ हजार र १४ लाख ९६ हजार भारु निर्धारण गरिएको छ ।

एक्सयूभी ४०० लाई प्रतिस्थापन गर्नेगरी आएको नयाँ ईभीको समग्र डिजाइन एक्यूभी ३एक्सओको आइसिई संस्करण जस्तै छ । कारमा स्ट्याक्ड एलईडी हेडल्याम्प र सी आकारको एलईडी डिआरएलएस सहितको ब्ल्याङ्क्ड–आउट फ्रन्ट फेसिया दिइएको छ ।

एक्सयूभी ३एक्सओ ईभीको इन्टेरियरमा इन्स्ट्रुमेन्ट कन्सोल र इन्फोटेनमेन्ट सिस्टमका लागि १०.२५ इन्चको डुअल डिस्प्ले, प्यानोरामिक सनरुफ, डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र डल्बी एटमसका साथ ७ स्पीकर हरमन कार्डन साउन्ड सिस्टम उपलब्ध गराइएको छ ।

८० भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध यस ईभीमा रिमोट भेहिकल कन्ट्रोल, भेहिकल स्टेटस मोनिटरिङ, ट्रिप समरी र स्मार्टवाच कनेक्टिभिटी लगायत अन्य थुप्रै विशेषता पाउन सकिन्छ ।

लेभल–२ एडास फिचरले सुसज्ज्ति ईभीमा एडाप्टिभ क्रूज कन्ट्रोल, फर्वार्ड कोलिजन वार्निङ, स्मार्ट पाइलट असिस्ट र अटो इमर्जेन्सी ब्रेकिङ जस्ता सुविधा दिइएको छ । साथै, यसमा ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, चारै चक्कामा डिस्क ब्रेक र टायर प्रेसर मनिटरिङ सिस्टम समेत पाउन सकिन्छ ।

एसयूभीमा ३९.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा १४८ बिएचपी पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा २८५ किलोमिटर रेन्ज तथा ३१० एनएम टर्क जेनेरेट गर्दछ ।

CG Electronics
ईभी खरिदकर्ताको ध्यान खिचिरहेको रियल व्हील ड्राइभ प्रविधि के हो ? के छन्, विशेषता ?

ईभी खरिदकर्ताको ध्यान खिचिरहेको रियल व्हील ड्राइभ...

वि.सं.२०८२ पुस २५ शुक्रवार १३:१२

  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ...

म्याक्सस ईभीको नयाँ मूल्य सार्वजनिक, देशभर डिलर नेटवर्क विस्तार

म्याक्सस ईभीको नयाँ मूल्य सार्वजनिक, देशभर डिलर...

वि.सं.२०८२ पुस २४ बिहीवार ०८:३४

  काठमाडौं । नेपालका लागि म्याक्सस इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक...

नाडा अटोमोबाइल्स एशोसिएशन र उपाध्यक्ष राजनबाबु श्रेष्ठ सम्मानित

नाडा अटोमोबाइल्स एशोसिएशन र उपाध्यक्ष राजनबाबु श्रेष्ठ...

वि.सं.२०८२ पुस २३ बुधवार २३:३८

  काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NVTI) र NVTI...

सीजी मोटोकर्पले नेपालमा सुजुकी ‘भिक्टोरिस’ एसयूभी लन्च

सीजी मोटोकर्पले नेपालमा सुजुकी ‘भिक्टोरिस’ एसयूभी लन्च

वि.सं.२०८२ पुस २१ सोमवार १३:२७

  काठमाडौं । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले...

केवल परिचयपत्र देखाएर एथर स्कुटर खरिद गर्न सकिने सुविधा सुरु

केवल परिचयपत्र देखाएर एथर स्कुटर खरिद गर्न...

वि.सं.२०८२ पुस १९ शनिवार १९:५८

  काठमाडौं । नेपालकै नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड...

नाडाको नयाँ कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित

नाडाको नयाँ कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित

वि.सं.२०८२ पुस १७ बिहीवार २०:३६

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको निर्वाचन प्रक्रिया...