CG Electronics
IME Life
NIMB

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई लन्च गर्यो

NIMB
Himalayan Bank

 

काठमाडौं। यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई बजारमा लन्च गरेको छ। यो मोडल यामाहाको म्याक्सी स्पोर्ट्स सेगमेन्टको पहिलो इलेक्ट्रिक स्कुटर हो र एरोक्स १५५ को इलेक्ट्रिक भर्सनको रूपमा उपलब्ध छ।

एरोक्स–ई मा ९.४ किलोवाट क्षमता भएको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले ४८ एनएम अधिकतम टर्क उत्पादन गर्न सक्छ। स्कुटरमा दुईवटा छुट्याउन मिल्ने ३ किलोवाट ब्याट्री उपलब्ध छ, जसलाई घरमै सजिलै चार्ज गर्न सकिन्छ। यसले प्रति चार्ज १०६ किलोमिटरको रेन्ज दिन्छ। राइडिङ मोडमा इको, स्ट्यान्डर्ड र पावर मोड उपलब्ध छन्। साथै, स्कुटरमा ‘बुस्ट’ फङ्सन पनि छ, जसले छिटो पिकअप लिन र स्टार्ट गर्न सजिलो बनाउँछ।

एरोक्स–ई को स्पोर्टी बडी स्टान्स, सिग्नेचर ‘एक्स’ आकारको डिजाइन र आकर्षक ग्राफिक्सले यामाहाको “हार्ट शेकिङ स्पीडस्टर” को छवि प्रतिबिम्बित गर्छ। स्कुटरमा ट्विन क्लास–डी एलईडी हेडलाइट, एलडी फ्ल्यासर, थ्रीडी इफेक्ट टेललाइट जस्ता आधुनिक फिचरहरू समावेश छन्, जसले यसलाई प्रिमियम लुक दिन्छ।

यसमा ठुलो रङ्गिन टीएफटी डिस्प्ले पनि रहेको छ। स्कुटरलाई वाई–कनेक्ट मोबाइल एपसँग जडान गर्न सकिन्छ, जसबाट टर्न बाई टर्न नेभिगेसन, मेन्टेनेन्स रिमाइन्डर, नोटिफिकेसन र लास्ट पार्किङ लोकेशन हेर्न सकिन्छ। एरोक्स–ई मा रिभर्स मोड, स्मार्ट–की सिस्टम र बाह्य चार्जिङ पोर्ट जस्ता सुविधा पनि उपलब्ध छन्।

 

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...