CG Electronics
IME Life
NIMB

सांसद प्रेम सुवालले जंगिदै ठोके टेबुल, ‘गरिबलाई मार्ने काम गर्नु हुँदैन’

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलका क्रममा जंगिएका छन् ।

खाद्य स्वच्छता विधेयकको संशोधनकर्ताहरुसँग भएको छलफलमा उनले सरकारले औषधिको अनुगमनमा ध्यान नदिएर कालाबजारीलाई प्रश्रय दिएको आरोप लगाए । ‘नेपालको औषधिहरु गुणस्तरीय नहुँदा डाक्टरलाई सोध्यो भने नेपालको नखाएर विदेशी खानु भन्नुहुन्छ । त्यस्तो उत्पादन गर्न मिल्छ काम नै नलाग्ने ? कम्पनी कुन हो खोइ अनुगमन ? गरिबलाई मार्ने काम सरकारले गर्नुभएन । धनि मात्र बाँच्ने भए अमेरिका गएकै छन् नि,’ उनले भने ।

बोल्दाबोल्दै उनको भनाइमा व्याख्या लामो भएको भन्दै समिति सभापति आरजु राणा देउवाले छोट्याउन भनेपछि सुवाल जंगिए । खाद्य स्वच्छता विधेयकको संशोधन गर्नैपर्ने भएकाले संशोधनकर्ताले आआफ्नो भनाइ राख्नेपर्ने उनले जिकिर गरिन् । सुवालले अरुलाई केही नभन्ने तर आफ्नो पालोमा छोट्याउन भन्नु उपयुक्त नभएको तर्क गरे ।

‘तपाईहरुलाई घोचेको मन पदैन सबै थाहा छ हामीलाई । तपाईहरुलाई त सिंहदरबार कब्जा गर्न पाए पुग्छ नि । गरिब जनताको किन सुन्नुपर्छ ? प्रजातान्त्रिक समाजवाद नि थाहा छ, नाटक नै नाटक त हो । बीपि कोइरालालाई तपाईहरुले प्रतिष्ठानमा नै बेच्नुभयो नि,’ उनले कटाक्ष गरे ।

उनले ‘म बोल्दिन’ भनेर उठेपछि केही सदस्यले सम्झाएका थिए । सांसद सुवालले ६ महिनायता मुलुकमा ४ अर्ब रुपैयाँको तरकारी आयात भएको बताए । ‘विषादी भएको तरकारी सरकारले जाँच गर्नु पर्दैन ? विषादी भएको तरकारी खुवाउन मिल्छ ?,’ उनले प्रश्न गरे, ‘यही हो खाद्य स्वच्छता ? मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु ।’

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...